दफा ७९
झुठ्ठो तरिकाले म्याद तामेल गर्न नहुने

(१) कानून बमोजिम म्याद तामेल गर्ने वा गराउनु पर्ने कर्तव्य भएको व्यक्तिले झुट्टो तरिकाले म्याद तामेल गर्नहुँदैन ।
(२) उपदफा (१) बमोजिमको कसूर गर्ने व्यक्तिलाई एक वर्षसम्म कैद वा दश हजार रुपैयाँँसम्म जरिबाना वा दुवै सजायहुनेछ ।